२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

लगातारको पराजयपछि रवीन्द्र मिश्रले छाडे राप्रपा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी छाडेका छन्। रवीन्द्र मिश्र काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्य उमेद्वार समेत रहेका मिश्रले पार्टी छाडेका हुुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार बिहान स्ट्याटस लेख्दै आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको बताएका हुन्।

‘आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु। राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय ९स्वतन्त्र० रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु,’ उनले लेखेका छन्।

रवीन्द्र मिश्र काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्य पदमा पराजित भएका थिए। उनी त्यहाँ तेस्रो पटक पराजित भएका हुन्।

‘आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि–विचारी लिँदैछु। देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई संगठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु,’ उनले भनेका छन्, विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु।’

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ४३ बजे