२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

बालेनको चुनाव खर्च १४ लाख १७ हजार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनु ले आफ्नो चुनाव खर्च १४ लाख १७ हजार २८९ भएको जनाएका छन् ।

सोमबार (फागुन २५) उनको टिमले निर्वाचन आयोगमा बुझाएको विवरणमा बालेनले उक्त रकम चुनावमा खर्च गरेको उल्लेख छ ।

यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै विजयी भएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : ४० बजे