२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

इलाम–१ मा कांग्रेसका निश्कल राई निर्वाचित



काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–१ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् ।

दोस्रो भएका श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत पाएका छन् । नेकपा एमालेका काजीमान कागते ११ हजार ९६६ मत ल्याउँदै तेस्रो भएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : २४ बजे