२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

बेनीका किसानलाई माछाका भुरा वितरण



म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजारवटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ ।

नगरपालिकाले एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो । किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत केसीले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ११ : ०० बजे