काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न ५२९ जनामध्ये ४०६ जना पक्राउ परेका छन् ।तीमध्ये पुरुष ३६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक महिला विदेशी हुन् । जम्मा पक्राउ परेकामध्ये काठमाडौ्रं उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोसी प्रदेशमा ८५, मधेसमा ५८, वाग्मतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ परेका छन् । अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने संख्या बढ्दै जान्छ ।
आर्थिक वर्ष २०७९र८० मा ७८, आव २०७८र७९ मा ७७, आव २०७७र७८ मा ७५, आव २०७६र७७ मा ८१ र आव २०७५र७६ मा ८२ प्रतिशत अभियुक्त पक्राउ गर्न सफल भएको थियो ।