१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

ओली पक्राउपछि तनाव , सडकमा उत्रिए आक्रोशित कार्यकर्ता



काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै मुलुकको राजनीतिक परिस्थिति तरंगित बनेको छ । ओली पक्राउ परेसँगै एमालेका भ्रातृसंगठन र समर्थक राजधानीलगायत देशभरका प्रमुख सहरहरूमा सडक प्रदर्शनमा उत्रिएका हुन् ।

अध्यक्ष ओलीलाई गुन्डुस्थित निवासबाट शनिबार ९चैत १५० बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । ओली पक्राउ परेलगत्तै काठमाडौंको भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय च्यासलसहित देशभरका विभिन्न स्थानमा एमालेनिकट युवा संघ र अनेरास्ववियुका कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल ओलीको रिहाइको माग गरेका छन् । पार्टी केन्द्रीय कार्यालयअगाडि टायर बालेर सडक अवरुद्ध गरिएको छ ।

‘जेनजी’ प्रदर्शनको अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको ‘जाँचबुझ आयोगको प्रतिवेदन’ जलाएर विरोध गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  २ : ४९ बजे