काठमाडौं । संसद् सचिवालयले बुधबार (चैत १८) सर्वदलीय बैठक आह्वान गरेको छ । सर्वदलीय बैठक आज दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएसँगै बैठकको मिति तय गरिएको हो ।
बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । सोही बैठकका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो ।





