२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

उपसभामुखको चुनावमा रुबीको पक्षमा मतदान गर्ने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जनाएका छन् ।

उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  २ : ३९ बजे