२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्रीको सुन मात्र १९० तोला !



काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुको सार्वजनिक सम्पत्ति विवरणमा सुन मोह देखिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्रीको १९) तोलाको सुनको बिवरण देखिएको हो । प्रधानमन्त्री मात्र होइन मन्त्रीपरिषद्मा भएको अधिकासं मन्त्रीहरुको अकुत सुनको बिवरण देखिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको सो विवरण नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ ।

भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : ५७ बजे