काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०को राजीनामा माग गरेका छन् । शुक्रबार (जेठ १) विज्ञप्ति जारी गर्दै उनले संसद्मा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिने टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको ठहर हुने भन्दै उनले चार दृष्टान्त प्रस्तुत गरेका छन् । “।।।कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने, जनता सम्मानित हुने देखिन्छ,” उनले भनेका छन् ।
प्रधानमन्त्रीले जनताको सार्वभौम सदनलाई अपमान गरेको उनको आरोप छ । जनताका प्रश्नको उत्तर नदिई प्रधानमन्त्री लुकेर बसेको उनले टिप्पणी गरेका छन् ।






