७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

बीपी स्मृति दिवसका अवसरमा कांग्रेसको दोस्रो दिनमा जरा अभियान समापन, नयाँ कार्यक्रम घोषणा



काठमाडौं । नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियानका रूपमा कार्यक्रम सुरु भएको हो ।

दिवसका अवसरमा बुधबार ‘ग्रीन रन’ सञ्चालन गरेको कांग्रेसले आज दोस्रो दिन उक्त कार्यक्रम आयोजना गरेको हो । आजको कार्यक्रममा केही महिनादेखि शुरु भएको जरार अभियान आज समापन गर्ने कार्यक्रम छ भने नयाँ अभियानको शुरु गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  २ : ४५ बजे