८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

विवेक मण्डलको परिवारलाई आर्थिक सहयोग, गगन थापा शिक्षाको जिम्मा पनि लिने



नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि निधन भएका सर्लाहीका विवेक मण्डलको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। विवेकको १३औँ पुण्यतिथिको अवसरमा परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गरिएको कांग्रेसले जनाएको छ। साथै, उनका सन्तानको शिक्षा–दीक्षाको जिम्मेवारीसमेत लिने प्रतिबद्धता थापाले व्यक्त गरेका छन्।

३५ वर्षीय मण्डलको गत असार ३० गते उपचारका क्रममा निधन भएको थियो। थापाले उनले यस अघि सहयोग गर्ने घोषणा गरेका थिए । थापा सर्लाही ४बाट आम निर्वाचन लडेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १२ : ०१ बजे