काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बैठक सुरु भएको हो।बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा सुनसरी घटनाका साथै समसामयिक राजनीतिक तथा राष्ट्रिय महत्वका विषयमा छलफल हुने जनाइएको छ।
१३ श्रावण २०८३, बुधबार
14
Shares





