काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज (साउन १४) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सुरक्षा परिषद्को बैठक बस्नेछ । पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा बैठकमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





