काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । १० साउन राति गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले रवीन्द्रको मृत्यु भएको पुष्टि गरे । यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।
प्रकाशित मिति :
१९ श्रावण २०८३, मंगलबार १२ :
४७ बजे