२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूचि



काठमाडौँ। सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ ।

यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन ९२०८१ साउन– २०८२ असार० पेस गर्नुहुनेछ ।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ९पहिलो संशोधन ० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताववि प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यस्तै, कानुनमन्त्री गौतमले नै ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नुहुनेछ ।

त्यस्तै, आजै विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त विवरणअनुसार, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १० : ११ बजे