बुटवल । अर्घाखाँची र कपिलवस्तुमा पर्ने सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत जंगल क्षेत्रमा पहिरोका कारण शनिबार (भदौ १३) ठाउँठाउँमा बाटो अवरुद्ध भएको छ । वर्षाका कारण सडकमा पहिरो खस्ने जोखिम बढेको जनाइएको छ ।
वर्षा अझै जारी रहेकाले जोखिम हुन सक्ने भन्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।
लगातारको वर्षाले सडक मर्मतमा समस्या भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।





