१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

प्रधानमन्त्री राहत कोषमा प्रमुख प्रतिपक्षी कांग्रेसको एक करोड सहयोग, सत्तारुढ रास्वपाको ५० लाख !



काठमाडौं। नेपाली कांग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले एक करोड रूपैयाँ कोषमा जम्मा गर्ने निर्णय भएको हो।

कांग्रेसले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह गरे।

विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजविन र सुरक्षाका लागि ध्यान दिनुपर्ने पार्टीले जनाएको छ। त्यस्तैगरी बाढीपीडितलाई कांग्रेस काभ्रेको १७ लाख ६२ हजार सहयोग सहयोग गरेको छ ।यता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् राहत कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ८ : ४० बजे