१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

सुनको मूल्य तोलामा ८८ सयले घट्यो



काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  १२ : ३७ बजे