१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

कांग्रेसको केन्द्रीय कार्यसमिति आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकका निम्ति निवर्तमान कार्यसमितिका सबैजनालाई पनि पत्र पठाएर निमन्त्रणा गरिएको उनले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  १२ : ३३ बजे