२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

जेनजी उमेर समूहका सांसदहरूसँग छलफलमा बालेन



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया सुरु गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी उमेर समूहका सांसदहरूसँग प्रधानमन्त्री बालेनले विशेष अन्तरक्रिया सुरु गरेका हुन् ।

बैठकमा नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा एवं वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा छलफल प्रधानमन्त्री कार्यालयका स्रोतले बताएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : २२ बजे