काठमाडौँ । गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७र७८ र २०७८र७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारसम्बन्धी ठेक्का विवादित व्यक्तिलाई रकम हिनामिना गरेको, सम्झौता नगरी आधा राजस्व असुल गरी बाँकी राजस्व रकम हिनामिना गरेको भन्ने व्यहोराको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
नगरप्रमुख तेली र उपप्रमुख रेशम कुमारी थापासमेतका प्रतिवादीहरुले आपसी मिलेमतो र सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी एक आपसमा गरकानुनी लाभ लिने बदनियतले रकम हिनामिना गरेको देखिएको आयोगले जनाएको छ ।
नगरप्रुमख तेली, उपप्रमुख थापा, सो नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध एक करोड ६० लाख ४६ हजार ३४४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतोविरुद्ध एक करोड ३३ लाख ११ हजार ४३१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।





