म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत पहिरोका कारण बेनी–दरवाङ तथा सिरुवारी, खामभित्तालगायत स्थानमा खसेको पहिरोले उक्त सडक अवरुद्ध भएको हो ।
झरी नरोकिएकाले अवरुद्ध सडक खुलाउन सडक विभाग र पूर्वाधार विकास कार्यालयको प्रयास असफल भएको छ । रासस





