१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

हारजित चुनावको सुन्दर पक्ष हो : उमेदवार शर्मा



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा अध्यक्ष पदको उमेदवार बनेका युवराज शर्माले आफूले जितेको खण्डमा संसदीय सीमाभित्र रहेर काम गर्ने बताएका छन् । उमेदवारी दर्ता गराएपछि सञ्चारर्कीसँग प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा कसैको हारजित नहुने बताए ।

उनले भने, ‘‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो । तर लोकतन्त्रमा कसैको हारपनि हुन्न । कसैको जित पनि हुन्न । सबै हार्छन् । सबै जित्छन् । लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव । को हार्छन् को जित्छन् महत्त्वपूर्ण होइन । मेरो धेरै लामो राजनीतिक यात्रा छ । शिक्षाको हकमा पनि म अरूभन्दा कमजोर छैन । मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यसको गरिमा बढाउने नै काम गर्ने थिएँ । घटाउने काम गर्ने थिइन । संसदीय नियममा रहेरै काम गर्ने थिएँ । संसद् नियमावली अनुसार नै अगाडी बढाउने थिएँ सभालाई ।’’

उम्मेदवार शर्माले कांग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाको प्रस्ताव र कांग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : ३३ बजे