१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

पक्षमा बहुमत मत प्राप्त भएकाले उनले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये बुधबारको बैठकमा २६८ जनाको उपस्थिति रहेको थियो । एक जना सांसदले तटस्थमा मतदान गरे। प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० ९२० अनुसार संसद बैठकबाट विश्वासको मत ल ।

विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डलाई सोभन्दा बढी मत प्राप्त भएकाले उनले विश्वासको मत प्राप्त गरे ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा ९एमाले० को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद बैठकबाट विश्वासको मत लिनुभएको थियो । सोपछि ६२ दिनमा प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन त्यागी नेपाली काँग्रेससँग २०७९ फागुन १२ गते गठबन्धन गरी पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा आएका थिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । अहिले फेरि काँग्रेससँग गठबन्धन त्यागी फागुन २१ गते एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहनुभएकाले काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः बुधबार तेस्रो पटक विश्वासको मत लिए ।

अहिलेको गठबन्धनमा प्रधानमन्त्रीसँग ६ दलको समर्थन रहेको छ । नेकपा ९एमाले०, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदले उहाँलाई पक्षमा विश्वासको मत दिए ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले मत दिए ।

यसअघि २०७९ पुस २६ गते लिनुभएको विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गरेका थिए । त्यतिबेला एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले उहाँको समर्थनमा मत दिएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : २१ बजे