९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

सुन तस्करी प्रकरणमा माओबादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ



कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

प्रहरी टोलीले महरालाई काठमाडौँ ल्याउने तयारी गरिएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । तस्करीको सुन प्रकरणबारे सत्य तथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले महरासँग यस अघि बयानका लिएको थियो ।

सुन प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति एक सातादेखि थुनामा छन् । पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ४९ बजे