२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

साहित्यकार परशु प्रधानको निधन



काठमाडौँ । साहित्यकार परशु प्रधानको निधन भएको छ।

प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो।

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले निवासमै राखिएको छ।

प्रधानको मंगलबार बिहान साढे ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। कथा लेखनमा विशिष्ट छवि बनाएका प्रधानका दजनौ कृति प्रकाशन छन् ।

उनका ‘नानीको कथा’, ‘सुनको छाती’, ‘विश्व परिकथा’, ‘बोल्ने चरो’ ‘बक्ररेखा’, ‘फेरि आक्रमण’, ‘यौटा अर्को दन्त्यकथा’, ‘असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य’, ‘यौटा क्रान्तिपुरुषको जन्म’ लगायत कथा सग्रह प्रकाशित छन्।

दिवंगत प्रधान बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानका पिता पनि हुन्। प्रधानका दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : ३० बजे