३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

होलीमा तडकभडक र सार्वजनिक स्थानमा हल्ला नगर्नु :जिल्ला प्रशासन कार्यालय



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीपर्व मनाउँदा अनावश्य तडकभडक र सार्वजनिक स्थानमा हो–हल्ला नगर्न आग्रह गरेको छ ।

कार्यालयले आज सुचना प्रकाशन गर्दै ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको पर्व होली सामाजिक सद्भाव र भाइचारा कायम गर्दै मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

सुचनामा भनिएको छ,“होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक सहितका विभिन्न खर्चिला÷भड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ । चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा नगर्न आग्रह छ,” । “मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जानसक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्नरनगराउन अनुरोध छ ।”

कसैले अमर्यादित, उच्छृंखल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

चैत ११ र १२ गते होली मनाइँदै छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ११ : २६ बजे