काठमाडौं । आर्थिक वर्ष २०७९र०८० मा ३७ हजार ४४७ क्षयरोगका बिरामी पत्ता लागेका छन् ।
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग केन्द्रले आर्थिक वर्ष २०७९र८० मा ३७ हजार ४४७ क्षयरोगका बिरामी पत्ता लागेका बताएको छ । पत्ता लागेका बिरामी मध्ये तीन प्रतिशत बिरामीको मृत्यु भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।
रोग पत्ता लागेका बिरामी मध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन् । सङ्क्रमित बिरामी मध्ये ८ प्रतिशत १५ वर्ष मुनिका बालबालिका रहेका छन् ।
केन्द्रका अनुसार बिरामी मध्ये ७२ प्रतिशत बिरामी फोक्सो सङ्क्रमित भएका छन् भने २८ प्रतिशत बिरामी फोक्सो बाहेक अन्य अङ्गमा क्षयरोग सङ्क्रमण भएको छ ।
पत्ता लागेका मध्ये सबैभन्दा बढी तराईमा छन् । तराईमा ६० प्रतिशत बिरामी छन् । प्रदेश अनुसार सबैभन्दा बढी बिरामी मधेश, बाग्मती, लुम्बिनी प्रदेशमा रहेका छन् । तीन प्रदेशबाट ६८ प्रतिशत बिरामी पत्ता लागेको केन्द्रको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का अनुसार नेपालमा आर्थिक वर्ष २०७९र०८० मा नेपालमा ७० हजार क्षयरोगका बिरामी थपिनुका साथै १८ हजार क्षयरोगीको मृत्यु हुने अनुमान गरेको थियो । नेपालमा अझै ४५ प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा क्षयरोग उन्मुलन गर्ने लक्ष्य भेट्टाउन चुनौती थपिएको केन्द्रले जनाएको छ ।
नेपालमा विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएको देशमा पर्दछ । डब्लुएचओले २९ सय व्यक्ति औषधि प्रतिरोधी क्षयरोग विकास हुने अनुमान गरिएको छ ।