प्रतिष्ठित एसईई परीक्षाको क्रममा सिरहामा भने प्रश्नपत्र बाहिरिएको छ । शुक्रबार नेपाली विषयको परीक्षाको क्रममा प्रश्नपत्र बाँडिएको १० मिनेटमै प्रश्नपत्र बाहिएको हो । सिरहाको एक केन्द्रबाट परीक्षा सुरु भएको १० मिनेटपछि नै नेपाली विषयको प्रश्नपत्र बजारमा उपलब्ध भएको पाइएपछि छानबिन सुरू गरिएको छ।
चिट चोराउन टोलीले परीक्षा केन्द्रको माहोल बिगारेपछि केन्द्राध्यक्ष र गार्डहरूले स्थिति नियन्त्रणमा लिएका थिए । तर, त्यसको केही समयमा नै प्रश्नपत्र ह्वाट्सएपमा जताततै सेयर गर्ने काम भएको पाइएको छ । परीक्षा केन्द्र वरिपरीका पसलहरूबाट चिट बनाउने र प्रश्नपत्र आउट पार्ने कार्य भएको छ । तर परीक्षा रद्द गर्नेबारे हालसम्म कुनै निर्णय भएको छैन ।
सिरहा लगायतका क्षेत्रमा हरेक वर्ष एसईईमा जबरजस्ती परीक्षा हलमा प्रवेश गरेर चिट चोराउने गरेपनि पर्याप्त सुरक्षा संयन्त्र परिचालन गर्ने गरिएको छैन।