काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्रीले शर्माले बिश्वासको मत लिनेछन् ।
गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् ।
चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।