१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

सहकारी ठगीमा रास्वपाका श्रममन्त्री अर्यालको संलग्नता, संसदमा उठ्यो प्रश्न



काठमाडौँ । सहकारी ठगी प्रकरण रास्वपाका अर्को एक बहालवला मन्त्रीको नाम जोडिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं रास्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संलग्नताबारे संसदमा कुरा उठेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले यो विषय उठाएका हुन् ।

यादवले अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय उठाएका हुन् । उनले भने,‘श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ। समस्याग्रस्त सहकारीमाथिको छानबिन प्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको छ।’

यस अघि नेपाली कांग्रेसले बहालवला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी अपचलन गरेको भन्दै गृहमन्त्रीको रुपमा स्वीकार्न नसक्ने बताएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : १४ बजे