काठमाडौ । दुईजना युवकको ज्यान जाने गरी ललितपुरमा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर उक्त निर्देशन दिएका हुन्।
उक्त घटनाबारे जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा ९२० बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृहमन्त्री श्रेष्ठलाई निर्देशन दिएका हुन्।