९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

गगनको प्रश्न सहकारी ठग रवि र अहिलेका गृहमन्त्री एउटै व्यक्ति हुन् कि होइनन् ?



कञ्चनपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै व्यक्ति हुन् कि होइनन् भन्ने प्रश्न गरेका छन् ।
मंगलबार संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा पुगेको थापाले रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै व्यक्ति हुन् कि होइनन् पत्ता लगाउन संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताए। उनले मुलुकमा कानुन भन्दा माथि कोही नहुने भन्दै त्यसको छानविन हुनुपर्ने आवश्यता रहेको बताए ।

सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर खोज्नु पर्‍यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ ? यो ठाउँमा कांग्रेस, एमाले र माओवादी भए पनि वा नयाँ, पुरानो जुन दलको भए पनि खोज्नुपर्थ्यो,’ थापाले भने, ‘सरकार र प्रतिपक्ष भन्ने कुरा हुन्छरु जनतामा म लोकप्रिय र सरकारमा शक्तिशाली वा पारिवारिक विरासत छ भनेर कोही पनि कानूनभन्दा माथि हुँदैन।’

सहकारीको रकम अपचलन भएको र प्रहरीले गरेको अनुसन्धान विश्वसनीय नभएकोले संसदीय छानबिन समिति गठन गरिनुपर्ने उनले बताए। यतारुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् । उनीहरुले सहकारी ठगि संम्लंन जीबि राई सार्वजनिक गर्न पनि समेत माग गरेका छन् । उनीहरूले नाराबाजी गर्दै भनेका थिए( जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ, रवि तिमीले के हेरेछौ जीबीलाई अझै समाएका छैनौ, जीबी राई खोइ, भन्देऊ न रवि दाइ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ५ : ५७ बजे