काठमाडौँ । डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् ।
बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा डा. शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो ।
यसैगरी, बिहीबारै महालेखापरीक्षक पदमा तोयम राया नियुक्त भएका छन् ।
राष्ट्रपतिले रायालाई नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय जनाएको छ ।





