८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

दबाब, अभाव र प्रभावबाट न्यायालय मुक्त हुनुपर्छ : प्रस्तावित न्यायाधीश पोखरेल

संसदीय सुनुवाइ समिति बैठक



काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश पोखरेलले न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो ।

उहाँले न्याय सम्पादन गर्दा पहिलो प्राथमिकता राज्यलाई, दोस्रो प्राथमिकता व्यक्तिलाई र तेस्रो प्राथमिकता सरकारलाई दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाउने बताउनुभयो । त्यस्तै, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानुन र न्यायका मान्यताहरूका आधारमा निर्णय लिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘न्याय सम्पादनका क्रममा देहायका आधारमा कहिल्यै विचलित नहुने भन्ने म प्रतिबद्ध छु ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ०५ बजे