१ असार २०८३, सोमबार | Tue Jun 16 2026

प्रकाश सपुतको ‘मुटु कटक्कै ट्रेन्डिङमा, केटाहरूका लागि रुने ठाउँ’ बोर्डको सकृनसर्ट भाइरल



काठमाडौं ।प्रकाश सपुतले सोमबार साँझ सार्वजनिक गरेको ‘मुटु कटक्कै ’ गीतको चर्चाको शिखर चढ्दो छ । गीतभित्रको ‘केटाहरूका लागि रुने ठाउँ’ को बोर्डको सकृनसर्ट सामाजिक सञ्जालमा भाइरल छ ।

मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान गर्दै सर्जक प्रकाश सपूतले नयाँ गीत ल्याएका हुन्।

‘केटाहरूका लागि रुने ठाउँ’ भन्दै भिडिओमा देखाइएको ‘मुटु कटक्कै’ गीत सोमबार सार्वजनिक भएको हो । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै झन्डै ५ लाख भ्यूज पाउँदै युट्युब ट्रेन्डिङमा छ ।

गीतमा शब्द तथा संगीत सपूत स्वयमका छ । स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।

गीतमा प्रकाश सपूत, कुसुम शर्मा, रोशनी कार्की, विजय पून लगायतको अभिनय छ ।

नवराज उप्रेतीको छायाँकन, प्रवीण भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैँले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १० : २३ बजे