काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ।
पार्टी कार्यालयम साढे चार बजे बैठक बस्नेछ ।
बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा हुने बताइएको छ ।
इलाम—२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो ।
रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए।
त्यस्तै आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको ।





