२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

जारी कांग्रेस संसदीय दलको बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकामाथि निर्णय हुँदै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी कांग्रेस संसदीय दलको बैठकमा आज बाट शुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल भइरहेको छ ।

बैठकले संसद् बैठकमा पार्टीले खेल्ने भूमिकासहितका विषयमा निर्णय गर्ने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ । तर सत्तापक्ष भने संसदीय समिति छानबिन आवश्यक नभएको अडान राख्दै आएको छ ।

आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ३६ बजे