७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

स्वदेशमा गरिखाने वातावरण बनाउन सरकारलाई दबाब दिँदै राष्ट्रिय संयुक्त संर्घष समिति



काठमाडौँ । राष्ट्रिय संयुक्त संर्घष समितिले सरकारले देशमा गरिखाने वातावरण सिर्जना नगरेको भन्दै दबाब स्वरुप सामुहिक सत्याग्रह सुरु गरेको गरेको छ । समितिले सरकार समक्ष ‘स्वदेशमा काम गरेर खान दे, उद्योगी ब्यवसाय तथा नागरिकलाई बाच्न दे ‘ भन्ने नारासहित १८ बुदेँ माग राखी आमरण अनसन सुरु गरिएको हो ।

बैशाख २४ गतेदखि सुरु गरेको अनसनमा बैंकिङ बर्जा अधिकतम सात प्रतिशत हुनुपर्ने, समस्याग्रस्त सहकारी बचतकर्ताको पिडित रकम फिर्ताको लगि सरकारले पहल गर्नुपर्ने, युवाको बिदेश पलायन रोक्नको लागि स्वदेशमानै ब्यवहारिक शिक्षा अध्ययन हुनुपर्ने, संबिधानमा उल्लेख गरिएका नागरिकका स्वास्थ्य शिक्षा सेवाहरु निशुल्क उपलब्ध गराउनुपर्ने लगायतका माग गरिएको छ ।
त्यस्तै समितिले चरम राजनीतिक अस्थिरताले व्यवसायिक तथा बित्तिय क्षेत्र संकटमा परेका भन्दै सम्बोधनको लागि १५ दिने अल्टिमेटम समेत दिएको छ । सरकारले आफ्ना मागमा बेवास्ता गरे देशब्यापी रुपमा कडा संर्घषका कार्यक्रम तय गर्ने बताएको छ ।
यस्ता छन् संर्घष समितिका १८ बुंदे मागहरु

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ४० बजे