२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अल्पमतमा मधेश सरकार, नयाँ गठबन्धन बनाउन दल सक्रिय



जनकपुर । मधेश प्रदेश सरकारका सत्ता गठबन्धनका दुई दलले एकै दिन समर्थन फिर्ता लिएपछि मधेश सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेको जनता समाजवादी पार्टी जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार जोगाउन बहुमत जुटाउने कसरतमा लागेको छ । सरकारबाट बाहिरिएका एमाले र माओवादी गठबन्धनमा नयाँ नेतृत्वको सरकार बनाउनतिर गृहकार्य भइरहेको छ ।

पछिल्लो पटक २०८० वैशाख ४ गते प्रदेशसभामा जनता समाजवादी नेपाल नेतृत्वको मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए । नेपाली कांग्रेससँग सत्ता गठबन्धन भत्काएर बनेको नयाँ गठबन्धनले दिएको विश्वास मतको २७ दिनमै सत्ता गठबन्धनका दुई पार्टी एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि नयाँ गठबन्धनका लागि रस्साकस्सी सुरु भएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : १० बजे