काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भएको हो ।
यसदिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।