काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर कारोबार भएको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।