काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसले अडान लिएको छ । कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठकमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसले अडान लिएको हो । कानुनमन्त्री पदम गिरीको नेतृत्वमा रहेको कार्यदल सहमतिको नजिक पुगेको बताइए पनि कांग्रेसले भने गृहमन्त्रीको नाम नतोकी बनाइने समिति अस्वीकार गरेको छ ।
आजको बैठकमा सत्तापक्षले तीन बुँदे प्रस्ताव तयार पारेर र गृहमन्त्रीको नाम उल्लेख नगरी सहकारीको भने नाम उल्लेख गर्न सकिने ल्याएका थिए ।
त्यसमा कांग्रेस सहमत दखिएको छैन । सत्ता पक्ष र बिपक्षी बीच सहमती नबन्दा संसदको बैैठक अनिश्चित देखिएको छ ।





