काठमाडौ । आज कालिमाटी बजारमा नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैँया तोकिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिले सोमबार भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ तोकेको छ ।
स्थानीय सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १० र अधिकतम १८ रुपैयाँ छ।
टनेलको सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १२ रुपैयाँ र अधिकतम २२ रुपैयाँ छ।
तराईको सानो गोलभेँडाको मूल्य प्रतिकिलो १५ र अधिकतम २५ रुपैयाँ छ।
रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ३४ र अधिकतम ३६ रुपैयाँ छ। भारतीय रातो आलुको मूल्य भने केही सस्तो छ। भारतीय रातो आलुको मूल्यको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ३२ रुपैयाँ छ।
भारतीय सुकेको प्याजको न्यूनतम मूल्य प्रतिकिलो ९० र अधिकतम ९५ रुपैयाँ छ। चिनियाँ सुकेको प्याजको न्यूनतम मूल्य ६० रुपैयाँ र अधिकतम ६५ रुपैयाँ छ।