काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ । आज बैठकको शुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो। शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए । यस अघिका बैठकमा सभामुखले प्रतिपक्षलाई पेलेरै सभा सञ्चालन गरेका थिए ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।





