काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा।आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले आयोजना गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयनको अवस्थासम्बन्धी समीक्षा गोष्ठीमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् ।
उनले सरकारले निःशुल्क रूपमा दिने सुरक्षित मातृत्व सेवालाई थप व्यवस्थित र सरकारी सबै अस्पतालमा लागु गर्न आवश्यक रहेको धारणा राखिन् । पछिल्लो समय सरकारी अस्पतालहरूमा समेत निःशुल्क सेवा भएकाले भीड लाग्ने गरेको भन्दै सुरक्षित मातृत्व सेवा दिन छोडेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सरकारलाई आवश्यक परे महिला समितिबाट निर्देशन दिनुपर्ने समेत बताइन् ।
पछिल्लो समय युवाहरूमा आत्महत्याका घटना बढ्न थालेको भन्दै सरकार गम्भीर हुन जरुरी रहेको समेत बताइन् ।