७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

नेपाल-भारत सीमानाका बन्द हुने



दाङ । नेपाल – भारत सीमा क्षेत्रअन्तर्गत दाङको कोइलावास नाका बन्द ७२ घन्टाका लागि बन्द हुने भएको छ।

यो जिल्लाको एक मात्र सीमानाका हो।

भारतमा हुन गइरहेको लोक सभा निर्वाचनका कारण सीमानाका बन्द गरिएको हो।

अन्तरदेशीय निर्वाचन हुनुभन्दा ७२ घन्टाअगाडि सीमानाका बन्द हुने व्यवस्था अनुसार कोइलावास नाका जेठ १२ गते राति १२ बजेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ।

जेठको १२ गते राति १२ बजेसम्म नेपाल(भारत सीमा क्षेत्रअन्तर्गतका सबै नाका बन्द हुनेछन्। यो अवधिमा आवतजावत नगर्न समेत सर्वसाधारण नागरिकलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ४ : ०६ बजे