काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । आइतबार सुनको मुल्य १ लाख ३६ हजार ९ सय रुपैयाँ थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८८० रुपैयाँ कायम भएको छ । जेठ ७ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ९४० रुपैयाँ पुगेको थियो ।