काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन सोमबारको तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको छ ।